हिमाल दैनिक
कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित कर्णाली करिडोरमा टिपर दुर्घटना हुँँदा दुई जनाको मृत्यु भएको छ । करीब ३९ जना यात्रु सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । टिपर नदीमा खस्दा ६ जना कर्णाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कालीकोटका प्रमुख श्यामबाबु ओलियाले बताए । उनका अनुसार अहिले बेपत्ताको खोजी भइरहेको र केही घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिँदै गरेको छ । टिपर चालक फरार रहेको जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update