खुकुरी प्रहारबाट घाइते
दाङमा खुकरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका – ६ राजापुर निवासी ४३ वर्षीय कृष्ण सुनार गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार मंगलबार साँझ साढे ५ बजेतिर सोही ठाउँका ३० वर्षीय सन्तोष सुवेदीले खुकुरी प्रहार गर्दा घाइते भएका सुनारको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
अभियुक्त सुवेदी भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय