हिमाल दैनिक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका सोतीमा भएको घटनाको निपष्क्ष छानविन गरी दोषीलाई कडा कारवाही गरी पीडितलाई न्याय दिलाउन माग गरेका छन् । उक्त घटनाबाट आफू स्तब्ध भएको जनाउँदै उनले निकालेको विज्ञप्तिमा गृह मन्त्रालयले गठन गरेको समिति र मानवअधिकार आयोगले गठन गरेको छानबिन समितिले गर्ने छानबिन न्यायिक, निश्पक्ष, कुनै पनि प्रभाव र दबाबबाट मुक्त रही न्याय दिलाउन माग गरिएको छ । उनले आधुनिक समाज र मानव जातिले सिर्जना गरेका मूल्यलाई समेत चुनौती दिनेगरी भएको उक्त घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मानवता विरोधी उक्त घटनाको भत्र्सनासमेत गरेका छन् । विज्ञप्तिमा उहाँले सम्पूर्ण दलित तथा पीडित समुदायको साथमा सरकार रहेको समेत बताएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update