हिमाल दैनिक
फर्निचर उद्योगमा आगलागी हुँदा एक करोड क्षति
aaglagi
पोखरा महानगरपालिका वडा नं ९ नागढुङ्गास्थित फर्निचर उद्योगमा आगलागी हुँदा रु एक करोड बराबरको क्षति भएको छ । डेढ वर्षअघि दुर्गाप्रसाद भट्टराई र विकास क्षेत्रीले सञ्चालन गर्नुभएको विशेष फर्निचर उद्योगमा आज भएको आगलागीमा रु ७० लाखको फर्निचरका सामग्री र रु ३० लाख बराबरको भौतिक संरचना जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयसहित दमकल र पानी ट्याङ्करको सहयोगमा लगभग डेढ घण्टामा आगो नियन्त्रणमा आएको हो । लकडाउनको समय भएका कारण फर्निचरमा कामदार कोही नभएकाले विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने सञ्चालक दुर्गाप्रसाद भट्टराईले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update