हिमाल दैनिक
हिमपहिरोमा परी मृत्यु भएकाको शव पोखरामा
sab
नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ हिङकुकेभ इलाकामा गत माघ ३ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका दुई जनाको शव आज पोखरा ल्याएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त पहिरोमा हराएकामध्ये भेटिन बाँकी रहेको एक नेपाली र एक कोरियनको शव शुक्रबार फेला परेको हो । सङ्कलित शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । बेपत्ता व्यक्तिको खोज तथा उद्धारका लागि खटिएको सेनाको टोलीले यी दुईसहित तीन नेपाली पथप्रदर्शक र चार कोरियन पर्यटकको शव फेला पारेको हो । टोलीले हराएकामध्ये दुई नेपाली र तीन कोरियनको शव पहिले नै फेला पारेको थियो । नेपाली सेनाको पश्चिम पृतनाको समन्वयमा विशेष फौज बाहिनीअन्तर्गत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको खोज तथा उद्धार टोलीले शव सङ्कलन गरी ल्याएको उक्त निर्देशनालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update