रोल्पामा बम बिष्फोट हुँदा चार बालबालिकाको मृत्यु
रोल्पामा बम बिष्फोट हुँदा चारजना बालबालिकाको दुःखद निधन भएको छ।
बिहिबार साँझ ६ बजेतिर रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बम विष्फोटन हुँदा बालबालिकाहरुको निधन भएको बताइएको छ।
साँझ बाख्रा चराउन गएका बालबालिकाहरुले घर फर्किने क्रममा बाटोमा भेटाएको बम खेलाउने क्रममा बिस्फोट भएर उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हुन सक्ने स्थानीय सुरक्षा अधिकारीको अनुमान छ।
यसरी विष्फोट भएको बम अहिले कसैले राखेको हो वा तत्कालिन माओवादी हिंसात्मक युद्धकालमा रखिएको हो भन्ने एकिन हुन हुन बाँकी छ।
घटनाको विषयमा बिस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय