सरोकार टेलिभिजन दोस्रो वर्षमा प्रवेश

निजी क्षेत्रको पहलमा प्रशारण सुरु गरेको सरोकार टेलिभिजनले आफ्नो स्थापनाको एक वर्ष पुरागरी दोस्रो वर्षमा प्रवेश गरेको छ।
गत वर्ष लोकतन्त्र दिवसकै दिन दोलखाको भीमेश्वर जात्राको प्रहिलो प्रसारण गर्दै सुरु भएको उक्त टेलिभिजन च्यानलले एक वर्षकै अवधिमा आफूलाई स्थापित च्यानको रुपमा कायम गराउन सफल भएको छ।
राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आमनागरिकको हितमा जिम्मेवार सञ्चार संस्थाको रुपमा आफुलाई उभ्याउँदै आएको उक्त टेलिभिजन च्यानलका संचालक एवं पत्रकार दिलीप थापामगरका अनुसार, आफ्नो टेलिभिजनले नेपाली कला, संस्कृति, धर्म र मौलिकताका अतिरिक्त आवाज विहिनहरुको आवाजका रुपमा काम गरेको कारण छोटो समयमै नागरिकको रोजाइमा पर्न सफल भएको छ।
हाल डिस्कहोमको च्यानलको च्यानल नम्बर १३० र सिम टिभिमा पनि देशभरी सरोकार टेलिभिजन हेर्न सकिन्छ।
यस टेलिभिजनका कार्यक्रम तथा समाचार उत्पादन तथा प्रसारणमा आफ्नो मौलिकताको आभास दिने गरी सत्य, तथ्य, निश्पक्ष र तटस्थ समाचारसहितका कार्यक्रम प्रसारण गरिरहेको उनले बताए।
विकास र समृद्धिलाई उच्च प्राथमिकता दिदै नागरिकको भावना र सही सूचना सम्पेषणगरी मुलुकलाई गतिशीलतातर्फ अघि बढाउन यो टेलिभिजनले सक्रिय भूमिका खेलिरहेको छ।
अहिले कोरोना संक्रमणबाट देश र जनतालाई सुरक्षित राख्न आवश्यक जनचेतनामूलक जाकारी प्रसारण गर्नुका साथै विषम परिस्थितिमा पनि निरन्तर ताजा समाचार प्रसारण गर्दै आइरहेको छ।
आगामी दिनमा यस टेलिभिजनले आफुलाई अझ सशक्तढंगले अघि बढाउने रणनीति बनाएको सरोकार टेलिभिजनका संचालक थापामगरले बताए।
हिमाल दैनिक संचार प्रा.लि.को सरोकार टेलिभिजनलाई हार्दिक बधाई तथा उत्तरोत्तर सफलताको शुभकामना।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय