विशेष प्रकृतिका छुटे तीन कैदी
जिल्ला कारागारबाट तीन कैदी छुटेका छन् । अदालतको फैसलामा एक वर्ष वा त्यसभन्दा कम कैद सजायँ भएका कैदी रिहाइ भएका हुन् ।
कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखी सर्वोच्च अदालतले विशेष प्रकृतिका कैदीलाई रिहा गर्ने फैसलानुरुप छ जनाले जिल्ला अदालतमा निवेदन दिएका थिए । तीध्ये दुई जना कैदवापतको रकम बुझाएर र एक जना समय अवधि पुगेर रिहा भएका छन् ।
त्यसैगरी एक जना कैदवापतको रकम बुझाउन नसकेर र दुई जनाको मुद्दा फैसला नभएकाले रिहा हुन सकेका छैनन् । जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको एकल इजलासले उनीहरुलाई रिहा गर्न आदेश दिएको अदालतका नायबसुब्बा कृष्णप्रसाद गौतमले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय