हिमाल दैनिक
गाउँपालिका अध्यक्ष शाही दम्पतीको अपहरण
dhir-bahadur-shahi
जिल्लाको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उहाँकी धर्मपत्नी इलामल्ल शाहीलाई नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । ठाटीकाँध गाउँपालिका–२ श्रीपाटामा रहेको घरबाट राति १२ बजे शाही दम्पती अपहरणमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरिबहादुर वलीले अपहरणमा परेको खबर आएको र त्यसका लागि प्रहरीले अनुसन्धान गरिरहेको बताए । वडा नं १ का वडाध्यक्ष नर्तमबहादुर बुढाका अनुसार राति १५ जनाको टोली आएर अपहरण गरेको भन्ने सुनेर स्थानीय आफन्त र अन्य टोली खोजीकार्यमा लागेको बताए । गाउँपालिकाका उपाध्यक्ष सुस्मीता शाहीले भने घटनाको बारेमा आफूलाई प्रहरीले जानकारी दिएको उल्लेख गरे। यसैबीच अध्यक्षसहित अपहरणमा परेकी उनकी श्रीमती इलामल्ल शाही दैलेख र कालिकोट जिल्लाको सिमानामा पर्ने बताहालेकमा भेटिएकी स्थानीयवासीले बताएका छन् । अपहरणको सूचना पाएलगत्तै स्थानीयले खोजी गर्न हिँडेको टोलीले दैलेख र कालिकोट पर्ने बताहालेकमा बिहान ९ बजे फेला पारेको सूचना आफूलाई प्राप्त भएको वडाध्यक्ष बुढाले बताए । अध्यक्षको अवस्था भने अझै अज्ञात रहेको उनले बताए।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update