हिमाल दैनिक
हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको बा५ख ५३८४ नंको टिपर हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ को तुम्कोट भिरमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१ निवासी हेप्का गाउँका २५ वर्षीया सोनाम मिगुर लामा र नाम्खा–४ बस्ने साबेल लामा रहेका छन् । मृत्यु भएका दुवै जनाको सनाखत भएर आफन्तले बुझेका छन् । घाइते हुनेमा टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भएका २५ वर्षीय कुलमान तामाङ र हुम्लाको नाम्खा गाउँपालिका–१ का ३२ वर्षीया सोनाछेजुन लामा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए। घाइते चालकसहित लामाको अहिले स्थानीय मुचु स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले जानकारी दिए । टिपर भिरबाट सात सय मिटरभन्दा तल खसेको उनले बताए । हिल्सादेखि खाद्य वस्तु र डिजेल बोकेर याल्वाङ्ग जाने क्रममा टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । हुम्लामा आज बिहानदेखि हिमपात भएका कारणले हिउँमा चिप्लेर दुर्घटनामा भएको हुनसक्ने जिल्ला प्रहरीले आशङ्का गरेको छ । यसअघि मङ्सिर ११ गते सल्ली खोलाबाट चामल ओसारिरहेको टिपर सिमकोट लाग्नामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए ।
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update