‘गब्बर इज व्याक’को शैलीमा नोबल अस्पतालले 'लासमाथि पनि लुट' मच्चाएको पीडितको आरोप
बलिउडका चर्चित सुपरस्टार अक्षय कुमारकोे चर्चित फिल्म ‘गब्बर इज व्याक’मा एउटा विषय भारतीय नीजि अस्पतालको प्रसंग रहेको ।
https://www.youtube.com/watch?v=bDD_WOeuD-M
बलिउड फिल्म "गब्बर इज व्याक" को एक अंश
जसमा नर्मल डेलिभरीका लागि गएका गर्भवती महिलाको परिवारलाई अस्पतालको आय आर्जनका लागि अपरेशन गराउन जोरजुलुम गरेर सर्वसाधारणलाई लुट्ने कार्य भइरहेको दृश्य छ। त्यसका साथै अर्को एकजनाले काउन्टरमा गएर बिल बुझाएपछि अस्पतालका कर्मचारीले भन्छन्, त्यो बिल देखाएर आफ्नो श्रीमतीको शब लिएर जानु।’ त्यसपछि उनले आफूले एक हप्तादेखि श्रीमतीको उपचारका लागि भनेजति पैसा बुझाएको र मरिसकेको भए किन अनुहार पनि हेर्न नदिएको भन्दा कर्मचारीले भन्छन् उनकी श्रीमतीको राती नै मृत्यु भएको भन्दै कतिले मरेको थाहा पाएपछि अस्पतालको रकम नबुझाई भाग्ने गरेको कारण नभनेको हो। त्यसलगत्तैको अर्को दृश्यमा अक्षयले सरकारी अस्पतालबाहिर एक गरिब महिला जो आफ्नो श्रीमानको लास लिएर रुँदै आफ्ना दुई छोरीको पालन पोषण कसरी गर्ने भनि विलौना गर्दै गरेको दृश्य छ। त्यसपछि अक्षयले उनकोबारेमा जानकारी लिएर लास आफ्नो जिम्मामा लिन्छन् र तत्काल उक्त लासलाई सोही नीजि ‘पाटेल अस्पताल’मा हतार हतार पुर्याएर आफ्नो भाइलाई के भयो भन्दै चिकित्सको सहयोग खोज्छन्। त्यसपछि अस्पतालले उक्त लासलाई भर्ना गर्दै उपचारका लागि चाहिने औषधीको लामो सूचि लेखेर दिन्छन्। अस्पतालमा चिकित्सकले उक्त व्यक्ति मरिसकेको भन्दा पनि अस्पतालका इन्चार्जले उसको अपरेशनका लागि औषधी र वरिष्ठ विशेषज्ञलाई २ लाख रुपैयाँ शुल्क तिरेर बोलाउन र उपचार गराउन सकिने बताउँछन्। त्यसपछि विशेषज्ञ आएर हेर्दा उक्त लास सडिसकेको भन्दै समस्यामा पर्ने कुरा गर्दा अस्पतालका चिकित्सकले भन्छन्, ‘बाख्रा आफैँ आउँछ भने उसलाई काटेर विरायनी र बाड्न सकिन्छ’ भन्ने जवाफ दिन्छन्। त्यसका बाबजूद वरिष्ठ विशेषज्ञले बाहिर आएर अक्षयलाई भन्छन् ‘विरामी मरिसकेको छ। यदि पहिल्यै बोलाएको भए केही हुन सक्ने थियो।’ जवाफमा अक्षयले जसरी हुन्छ उसलाई उपचार गरी बचाउन आग्रह गर्दा चिकित्सकले मरिसकेकोलाई उपचार गराउन नसकिने जवाफ दिन्छन्। त्यसपछि अक्षयले भन्छन्, ‘किन मरेको व्यक्तिको उपचार हुन सक्दैन? यो पाटेल हस्पिटल हो यहाँ मरेकाको उपचार हुन सक्दैन?’ भनि सरकारी अस्पतालले जारी गरेको मृत्यु पत्र देखाउँछन्। यस्तै फिल्मी घटना भएको आरोप विराटनगरस्थित नोबल शिक्षण अस्पतालमाथि लागेको छ। सुनसरीको भोक्राहा गाउँपालिका वडा नं. २ निवासी २५ वर्षीय नइम मन्सुरीको मंगलबार बिहानै मृत्यु भएपछि पनि अस्पतालले तीन दिनसम्म आईसीयुमा राखेर उपचार भइरहेको भन्दै औषधी किनाएको मन्सुरीको परिवारजनले आरोप लगाएका छन्। मृतक मन्सुरीकी श्रीमती रक्सार खातुनले आफूलाई अस्पतालका चिकित्सकले बुधबार र बिहिबार पटक पटक औषधीको लिष्ट दिएर खरिद गर्न लगाएको र रक्त परिक्षणका लागि रकम भुक्तानी गर्न लगाएको भन्दै विलौना गरिन्। तर, एकाएक बिहिबार बिहान ११ बजे चिकित्सकले आएर तीन दिनअघि नै मृत्यु भइसकेको लास किन अस्पतालमा राखिरहेको भनि आफूलाई हपारेपछि मात्रै आफ्नो श्रीमानको तीन दिन अगाडि नै निधन भएको पत्तो पाएको बताइन्। मृत्यक मन्सुरीलाई ज्वरो आएर टाउको दुखेपछि फागुन १२ गते अस्पतालमा उपचारका लागि भर्ना गराएको र त्यसपछि उनलाई टाउकोमा पानी जमेकोले थप उपचारका लागि अस्पतालले सात दिनसम्म आईसीयुमा राखेको परिवारजनले गुनासो गर्दै भने। अस्पतालले उपचारका नाममा आफन्तसँग चन्दा र सापटी लिएर ल्याएको एक लाख रुपैयाँ अस्पताललाई बुझाइसकेपछि पनि लास बुझ्नु अघि औषधीको दुई लाख र अन्य उपचारसहितको खर्च ९५ हजार रुपैयाँ तिर्न बाँकी रहेको मृतककी श्रीमती खातुनले बताइन्। अस्पतालले मृत भइसकेको व्यक्तिलाई पनि तीन तीन दिनसम्म उपचारका नाममा किन आईसीयुमा राखेर पीडित परिवारको शोषण गरेको भनि आफन्तजनले अस्पतालको विरुद्धमा आन्दोलन सुरु गरेका छन्। उनीहरुले आफूले जस्तो अरु सर्वसाधारणले अस्पतालबाट उपचारका नाममा शोषण र लुट व्यहोर्नु नपरोस भनि प्रशासनले अस्पतालमाथि कानुनी कारबाही नगरेसम्म लाल नबुझ्ने अडान लिँदै आएका छन्। घटनाको विषयमा अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले हिमाल दैनिकसँग कुरा गर्दै अस्पतालले कुनै पनि विरामीको शोषणका लागि मन्सुरीको परिवारले लगाएको आरोप जस्तो कार्य नगरेको र नगर्ने दाबी गरे। साथै उनले विरामीका परिवारजनले जुन आरोप लगाएका थिए त्यो उनीहरुलाई थाहा नभएर लगाएको हुनसक्ने दाबी गरे। ‘उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गराउँदा ब्रेनडेथ र मुटुको चाल बन्द नहुँदासम्म अस्पतालले मृत घोषणा गर्न सक्दैन। यहि कुरा परिवारजनले थाहा नपाएर जे जस्तो आरोप लगाउनु भयो अहिले यसबारे स्पष्ट पारिसकेपछि उहाँहरुले केही रकम छुट लिएर शब बुझिसक्नु भयो,’ दाहालले भने।प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय