हिमाल दैनिक
धनुषामा आज सबै निजि बिद्यालयहरु बन्द गरिएका छन्। शुक्रबार राति धनुषाको क्षिरेश्वरनाथ- ५ मा बम विस्फोटमा मा परि तीन जनाको मृत्यु भएपछि संलग्नमाथि कारबाहीको माग गर्दै आज निजि स्कुल तथा कलेजहरु बन्द गरिएको हो। उक्त बम बिष्फोटमा परि बुवा राजेश्वर शाह, उनका छोरा आनन्द शाह, र प्रहरी निरीक्षक अमीर दाहाल मृत्यु भएको थियो। आनन्द शाह जनकपुरस्थित सिद्धार्थ शिशु सदन स्कूलमा कक्षा १० मा अध्ययन गर्दै थिए। प्याबसन धनुषाका अध्यक्ष चन्द्रनारायण मण्डलले शनिबार एक बिज्ञप्ति सार्वजनिक गर्दै घटनामा संलग्नहरुलाई कारबाहीको माग गर्दै एक दिन सबै निजि शैक्षिक संस्था बन्द गरिने बताइएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update