पनौतीमा अनिश्चितकालीन कर्फ्यु

टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि आक्रोशित भिडलाई नियन्त्रण गर्न पनौतीमा अनिश्चितकालीन कर्फ्यु लागेको छ ।
मंगलबार बिहान नौ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लागेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सोमबार पनौती नगरपालिका–५ मानेश्वरी बसपार्कमा टिपरको ठक्कँर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको थियो ।
बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख ५४८० नं को टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्युपछि मृतकका आफन्तले प्रदर्शन गरी ढुगांमुढा गरेका थिए । सो क्रममा प्रहरीले २ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले बिहान सबेरै बाट पुन प्रदर्शन गरेपछि प्रशासनले बाध्य भएर कर्फ्यु लगाउन परेको जनाएको छ ।
प्रकाशित मिति: शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय