मृगौला पीडित अर्जुन दमैको जीवन रक्षाका लागि पत्नी मिठुको याचना

दुबै मृगौलाले काम गर्न छाडेपछि स्याङजाको विरुवा गाउपालिका वडा न. ७ किउखोलाका ४० वर्षिया सुकबहादुर दमै (अर्जुन)ले जीवन रक्षाका लागि उनकी श्रीमती मिठुले सहयोग याचना गरेका छिन्।
हाल वालिङ नगरपालीका ९ भुम्रेबस्दै आएका अर्जुनको दुबै मृगौला फेल भएपछि उपचारका लागि पोखरामा जचाउँन आएका थिए। स्वास्थ्य परिक्षण पश्चात दुबै मृगौलाले काम नगरेको अवस्थामा नियमित रुपमा गर्नु पर्ने डाइलायसिसको लागि आफ्नो जायजेथाले थेग्नै सकेन। फलस्वरुप पतिको जीवन रक्षाको लागि पत्नी मिठु अहिल आर्थिक सहयोगको खोजीमा पुग्न बाध्य भइन्।
भर्खर जीवनको युवा अवस्थामा पुगेका अर्जुन रोजगारीको सिलसिलामा १२ वर्ष खाडी मुलुकमा गएर दिन रात श्रम गरी परिवारको साँझ बिहानको छाक टार्न र बालबालिकाको लालनपालन गराउँदै आएका थिए। तर, विपन्न र गरिव परिवारमा जन्मिएका अर्जुनको जीवनमा गतवर्ष नसोचेको ब्रजपात भयो। दुबै मृगौलामा समस्या देखिएपछि काम खाडीमा नौँनाडी खियाएर बस्न सक्ने अवस्थै भएन र गतवर्ष परिवारकै शरणमा पर्न पुगे।
त्यसपछिका दिनमा उनको दिनचर्या घरबाट नियमित स्वास्थ्य संस्थामा धाउनमै वित्यो। चिकित्सकले उनका निम्ति या त लाखौँ रुपैयाँ खर्चिएर मृगौला प्रत्यारोपण गराउन या त नियमित डाइलायसिस गराउन सुझाव दिए।
गाउँको विपन्न दलित परिवारमा जन्मिएर परिवारको लालनपालनका लागि पाखुरीको पौरख देखाए मात्रै खान र लाउन पुग्ने अर्जुनका लागि मृगौला प्रत्यारोपण र डायलाइसिस दुबै क्षमताभन्दा बाहिरको कुरा भयो। परिवारको कमजोर आर्थिक अवस्थाले त्यी दुबै विकल्प भेट्न नसक्ने भएपछि उपचार र जीवन रक्षाका लागि उनी र उनकी श्रीमती मिठु सामू सहयोगको हात फैलाउनुको विकल्प रहेन।
विदेशमा काम गरेर पारिवरको गुजारा चलाउँदै आएका मृगोला पीडित अर्जुनको जिवन रक्षार्थ देश÷विदेशमा रहेका नेपालीसँग आर्थिक सहयोगका लागि उनका धर्मपत्नी मिठुले अपिल गरेकी छिन्।
हप्तामा तिन पटक डाइलायसिस गर्नुपर्ने चिकित्सकको सुझाव भएपनि आर्थिक अभाव कै कारण गर्न नसकेको मिठुको गुनासो छ।
दुई छोरा र एक छोरीको बाबु समेत रहेका अर्जुनको मृगौला प्रत्यारोपणका लािग करिव २० लाख लाग्ने चिकित्सकले बताए पनि रकम अभावका कारण प्रक्रिया अगाडि बढाउन नसकेको उनले बताइन्।
पछिल्लो समय एक सातादेखि गण्डकी मेडिकल कलेज पृथ्वीचोक पोखरामा उपचार गरिरहेका अर्जुनलाई दानवीर हातहरु वा संघसंस्था भेटिए पतिको जीवन बचाएर बाल बच्चाको भविश्य केही हदसम्म भएपनि सुरक्षित गराउने उनको आशा अझै मरेको छैन। त्यसैले मिठु भन्छिन्, ‘यदि कोही कसैले मेरो पतिको जीवन बचाउँन सहयोगका हात बढाउन चाहनु हुन्छ भने प्रत्यक्ष अस्पताल मै आएर अथवा अन्य कुनै माध्यमबाट सहयोग उपलब्ध गराइदिए धन्य हुने थिएँ।’
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय