चितवनको दालमोट उद्योगमा आगलागी(भिडियो सहित)
चितवनको भरतपुर महानगरपालिका वडा न ४ स्थित एक दालमोट उद्योगमा आगलागी भएको छ ।
भरतपुर ४ लंकु धारापानीको शरष फुड इन्डस्ट्रिजमा मंगलबार बिहान करिब करिव ६ बजे आगलागी भएको स्थानीयले बताएका छन् । आगो पाँच वटा दमकलको प्रयोग गरेर आगो नियन्त्रण ९ तिरमात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
https://www.facebook.com/himaldainik/videos/584186635774594/?t=9
आगो नियन्त्रणका लागि नेपाली सेना , सशस्त्र प्रहरीबल , नेपाल प्रहरी समेत खटिएका थिए । १२ पुरुष र ६ महिला सहित १८ जनाले नियमीत रोजगारी पाइरहेको इन्डस्ट्रीजमा १ दर्जन बढि प्रकारका दालमोट लगायतका खाद्य उत्पादन हुंदै आएको थियो । कारखानाका मेनेजर विकास त्रिपाठीे का अनुसार आगलागीबाट कुनै मानवीय क्षती भएको छैन् । त्रिपाठीले उद्योगमा करीब ३ करोडौँको क्षती भएको दावि गरेका छन् ।
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय