हिमाल दैनिक
नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको टेलिफोन डायल टोनमा कोरोना भाइरसको संक्रमणबाट बच्न जनचेतनामूलक सन्देशलाई आफ्नो रिङटोनमा राखेको छ। विश्वभर त्रासदीको रुपमा फैलिएको कोरोना भाइरसबाट सर्वसाधारण जनतालाई बच्न र बचाउन सरकारले लिएको पछिल्लो कदम लगत्तै बिहिबार अपरान्हदेखि नेपाल टेलिकमले पनि आफ्नो ग्राहकहरुको मोबाइल फोनहरुमा डायल गर्दा प्रयोगकर्ताले रिङटोनको सट्टा कोरोना रोगको लक्षणसँगै त्यसबाट बच्न र बचाउँन अपनाउनु पर्ने प्राथमिक जानकारी राखिएको छ। जसमा कोरोना संक्रमणबाट बच्न नियमित साबुनपानीले हात धुनेदेखि सेनिटाइजरको प्रयोग र संक्रमणको सम्भावनाबाट बच्न रुघा, खोकी लागेका व्यक्तिले सतर्कता अपनाउन सन्देश दिइएको छ।
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update