पार्टीको आदेश पश्चात सरकारद्वारा एसइई परिक्षा स्थगित
सरकारले भोलिदेखि सुरु हुन लागेको एसइई परिक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ।
विश्वभर त्रासदीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट देश र जनतालाई सुरक्षित राख्न सरकारको उच्चस्तरिय समितिले सबै शैक्षिक संस्था, चलचित्र हल लगायतका सार्वजनिक स्थल बन्द गर्ने निर्णय गरेपनि एसइईको परिक्षा सुचारु गर्ने निर्णय गरेको थियो।
उक्त निर्णय सार्वजनिक भएको केही घण्टा वित्न नपाउँदै नेकपा सचिवालय बैठकले गरेको आग्रह पश्चात सरकारकाे उच्चस्तरिय समितिले एसइई परिक्षा स्थगित गरेको हो। उक्त जानकारी प्रधानमन्त्रीकाे राजनीतिक सल्लाहकार बिष्णु रिमालले ट्वीटरमार्फत जानकारी दिएका छन्।
https://twitter.com/BishnuRimal/status/1240259695144660998
यसैगरी विश्वविद्यालयले संचालन गर्ने तयारीमा रहेका सबै तहका परिक्षाहरू पनि स्थगित भएकाे छ।
प्रकाशित मिति: आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय