कोरोनाबारे जनचेतनाका लागि भट्टराईद्वारा ट्वीटरको नामै परिवर्तन: wash your hand!
विश्वभर त्रासदी फैलाइरहेको कोरोना भाइरसका कारण समाजवादी पार्टी नेपालका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो ट्वीटरको नाम नै परिवर्तन गरेका छन्।
उनले कोरोना भाइरसबारे जनचेतना अभिवृद्धिका लागि आफ्नो सानो पहलका रुपमा ट्वीटरको नाम परिवर्तन गरेर ‘नियमित हात धोेऔं र wash your hand!राखेका छन्।
https://twitter.com/brb1954/status/1240250564081905664
विश्वभर फैलिएको कोरोेनाबाट बच्च विश्व स्वास्थ्य संगठन र विज्ञहरुले यसबाट बच्न नियमित रुपमा हात धुन र सेनिटाइजरले हात सफा राख्न सुझाव दिँदै आएका छन्।
प्रकाशित मिति: आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय