सरकार! एसइईको परिक्षा केन्द्रमा कति विद्यार्थी उपस्थित होलान्?
विश्वभर फैलिएको कोरोना भाइरसको त्रासदीबाट हुनसक्ने संक्रमण रोकथामका लागि सरकारले गरेको १५ बुँदे निर्णयमा परस्पर विवादित निर्णय गरेको छ।
विश्वका अधिकांश मुलुकहरुमा फैलिएको कोरोनाको रोकथामका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरिय समितिले एकातिर सर्वसाधारण जनतालाई २५ जनाभन्दा बढि सार्वजनिक स्थलमा भेला नहुन आदेश दिनुका साथै सबै चलचित्र हल, डान्सबार, स्वीमिङ पुल बन्द गरी शैक्षिक संस्थामा पठन पाठन बन्द गराएको छ। जुन ढिलै भएपनि सरकारले गरेको सह्रानिय कदमको रुपमा लिन सकिन्छ। तर, त्यो सँगै भोलिदेखि सुरु हुन लागेको एसइईको परिक्षा संचालन भने निरन्तर चलाएर आफैँमा विरोधाभासपूर्ण निर्णय लिएको हो।
करिब ५ लाखको हाराहारीमा देशभरीका विद्याथीहरु सहभागी हुने उक्त परिक्षाका लागि प्रत्येक परिक्षा केन्द्रमा हेल्थ डेस्क राखेर संचालन गर्ने सरकारको निर्णय भएपनि त्यी परिक्षा केन्द्रहरुमा उपस्थित हुने विद्यार्थीहरुको संख्या सरकारले तोकेको २५ जनाको संख्या भन्दा कम हुने परिक्षा केन्द्र विरलै होलान्।
एकातिर विद्यार्थीहरुमा कोरोनाको मनोवैज्ञानिक असर अर्को तर्फ त्यी केन्द्रमा खटिने कर्मचारीहरुको मनोदशालाई ध्यानमा राखेर सरकारले केही समयका लागि भएपनि उक्त परिक्षा स्थगित नगरी परस्पर विरोधाभासपूर्ण कदम चालेकोमा कतिपय सरोकारवालाहरुले सरकारको आलोचना गरेका छन्।
प्रकाशित मिति: आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय