हिमाल दैनिक
प्राध्यापक डा. डिपी भण्डारीको निधन
Durga bhanadri
अंग्रेजी र नेपाली साहित्यका धुरन्धर विद्वान प्राध्यापक डाक्टर दुर्गाप्रसाद (डिपीं भण्डारीको निधन भएको छ। सुदूरपश्चिमको दुर्गम जिल्ला डोटीमा जन्मिएर पनि अंग्रेजी र नेपाली साहित्यमा अतुलनीय दख्खल राखेका भण्डारीको शनिबार अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो। लामो समयदेखि दमको समस्याले पीडित भण्डारी दुई महिना हेम्स अस्पतालमा उपचार गराई केही दिनअघिमात्रै घर फर्किए पनि पुनः स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल हेम्समा भर्ना भएकाे उनका परिवारका एक सदस्यले बताए। त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागको स्थापनाकालदेखि नै लामो समयसम्म प्राध्यापन पेशामा संलग्न रहेर हजारौँ विद्यार्थीलाई अंग्रेजी साहित्यकाबारेमा ज्ञान दिएर सबै विद्यार्थीका प्रिय बनेका प्राध्यापक भण्डारी उमेरहदका कारण सन् १९९९ मा सेवा निवृत्त भएका थिए। अंग्रेजी र नेपाली दुबै विधामा पोख्त साहित्यकार भण्डारीका अनगिन्ती लेख, रचना प्रकाशित भएका छन्। भण्डारीका दुई छोरा शरद भण्डारी र नन्दु भण्डारी छन्।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update