हिमाल दैनिक
टिप्परको ठक्करबाट एकको मृत्यु
palpa accident
सद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन–७ लामिडाँडामा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाएको मृत्यु भएको छ । दुर्घटनामा १ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार तानसेनबाट बुटवल आउँदै गरेको लु७प ४३४ नम्बरको मोटरसाइकलाई सोही दिशाबाट आउँदै गरेको लु२ख ३१७८ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाइलमा सवार तानसेन नगरपालिका–७ की ५५ वर्षीया मधु श्रेष्ठको मृत्यु भएको छ । उनका पति हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भइरहेको छ । प्रहरीले ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update