हिमाल दैनिक
पूर्व डिआइजी शाहसहित ४ जनाविरुद्ध ३३ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
Mahesh Bikram Shah
नेपाल प्रहरीका पूव प्रहरी नावय महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहसहित चारजना विरुद्ध भ्रष्टाचारको अभियोजमा अख्तियार दुरुपयोग अनुसान्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, नेपाल प्रहरीको तत्कालिन मध्य क्षेत्रीय तालिम केन्द्र भरतपुरमा तालिमका लागि रहेका प्रहरी जवानको नाममा खाने बस्ने खर्च वापत ३३ लाख रुपैयाँ रकम भ्रष्टाचार गरेको आरोपमा डिआइजी शाहसहित लेखापाल प्रहरी नायव निरीक्षक दिपेन्द्रप्रसाद पनेरु, लखा सहायक प्रहरी हवलदार केशवसिंह ऐेरी र लेखापाल सञ्जिव विशंखविरुद्ध अदालतमा मुद्दा दायर भएको हो। तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा मिति २०७२।०१।२७ गते प्रहरी जवान पदमा नयाँ भर्ना भई मिति २०७२।०९।२२ गते तालिम समापन भएकोमा प्रहरी प्रधान कार्यालयको मिति २०७२।१०।११ गतेको पत्रले माघ महिनादेखिको तलव भत्ता सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सबै प्रहरी जवानहरुको सरुवा भएकोमा उक्त तालिम केन्द्रका समादेशक रहेका शाह, लेखापाल पनेरु र लेखा सहायकसमेतको मिलेमतोमा अन्यत्र सरुवा भई सकेका प्रहरी जवानहरुको ०७२ साल माघ र फागुन महिनाको तलव भत्ता खर्च लेखी नगद निकाली खाई भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ। यसबारे अख्तियारमा परेको उजुरीमाथिको छानविनका क्रममा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा आ.ब. २०७२र०७३ मा कार्यालय प्रमुखको रुपमा कार्यरत महेश विक्रम शाह, लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्र प्रसाद पनेरु तथा लेखा सहायक प्र.ह. केशव सिंह ऐरीले प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको मिति २०७२।१०।११ गतेको पत्रले माघ महिनाको तलवरभत्ता खान पाउने गरी सरुवा भएका १०३ जना प्रहरी जवानहरुको माघ र फागुन महिनाको तलव भत्ता रु. ३१,८८,४६८र( र मिति २०७२।१०।१८ गतेको पत्रले ०७२ साल माघ ३ गतेबाट तलव भत्ता खान पाउने गरी १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको नयाँ नियुक्ति भएकोमा ०७२ साल माघ १ गतेबाट नै तलवर भत्ता निकाली १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको २ दिनको बढी रु. १,४९,६१६र८८ (एक लाख उनन्चास हजार छ सय सोह्र रुपैयाँ अठासी पैसा गरी जम्मा रु. ३३ लाख ३८ हजार८४ रुपैयाँ ८८ पैसा तलव भत्ता तलवी भरपाईमा किर्ते दस्तखत गरी बदनियतसाथ हिनामिना गरी बाँडिचुडी खाई नेपाल सरकारको सम्पत्ति हानिनोक्सानी गरेको तथ्य स्थापित भएको दाबी अख्तियारले गरेको छ। आरोप पत्रमा शाहसहित अन्य आरोपीविरुद्ध भ्रष्टाचार निवारण ऐनको प्रावधान बमोजिम निजहरुले हिनामिना हानिनोक्सानी गरेको बिगो असुल उपरको मागसमेत गरिएको छ। साथै कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिब बिशंखेले मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको उल्लेखित अवधिको लेखापरीक्षण गर्ने क्रममा प्रहरी कर्मचारीहरुको तलब, भत्ता तथा कट्टी रकमसमेतको भरपाईमा सरुवा भएका प्रहरी कर्मचारीको नाम उल्लेख गरी खर्च लेखेको तथा सरुवा तथा नयाँ नियुक्ति भएका प्रहरी कर्मचारीको पत्रहरु नहेरी खर्च भुक्तानी लेखी निकाली सरकारी रकम हिनामिना गरेको देख्दा देख्दै लेखा परीक्षण गर्दा निजी लाभका लागि बदनियतपूर्वक कारोबारमा नभएको कुरा देखाउने वा भए गरेका तथ्यहरु लोप गरी लेखापरीक्षण गरेको देखिएबाट निज सन्जिब बिशंखेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा ९१० बमोजिम कसुर गरेको हुँदा विशंखेविरुद्ध पनि मुद्दा दायर भएको छ।
प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update