चीन, जापानसहित ५ देशका उडान/अवतरणमा रोक लगाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९) बाट देश र जनताको स्वास्थ्य सम्बन्धि राष्ट्रिय हितलाई ध्यानमा राख्दै संक्रमण ग्रस्त मुलुकबाट सोझै र ट्रान्जिट भएर आउने त्रिभुवन अन्तराष्ट्रिय विमानस्लतमा आउने र जाने अन्तर्राष्ट्रिय उडान केही दिनका लागि रो लगाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो।
सर्वोच्चले कोरोना भाइरसको गम्भीर फैलिएका देशहरुः चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान आदि बाजट सोझै र ट्रान्जिट भएर त्रिभुवन विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडान अवस्था र परिस्थितिको गम्भिरताको शुक्ष्म मूल्यांकन गरी आम जनताको स्वास्थ्य सम्बन्धि राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाको लागि उडानमा रोक लगाउन सरकारलाई आदेश दिएको हो।
अधिवक्ता पूर्ण राजवंशीले दायर गरेको रिट निवदेनमाथिको बहस पश्चात न्यायाधीश केसीले कोरोना भाइरसको सम्भावित संक्रमण र त्यसबाट फैलिन सक्ने महामारी जस्तो विपद् जोखिमको न्यूनीकरणका निम्ति विपद्पूर्वको जोखिमको विश्लेषण, विपद् रोकथाम र क्षतिको न्यूनीकरणका लागि पूर्वतयारीका कामहरु गरिनसकेको भए तत्काल गरी र गर्न लगाइ संक्रमण फैलिए विपद् प्रतिकार्य र व्यवस्थापन कार्यहरु प्रभावकारी कदम चाल्न पनि आदेश दिएको छ।
साथै अदालतले देशको उत्तर र अन्य सीमा नेपाल प्रवेश गर्ने स्लथमार्गसँगै त्रिभुवन विमानस्थलबाट प्रवेश गर्ने स्वदेशी तथा विदेशी नागरिकहरुको अनिवार्य रुपमा कडाइका साथ दक्ष जनशक्तिसहितको स्वास्थ्य जाँचका लागि प्रभावकारी उपकरको व्यवस्था गर्न पनि आदेश दिएको छ।
साथै सर्वोच्चले यसरी संक्रमणग्रस्ता चीन, जापान लगायत पाँच देशबाट नेपाल आउने नागरिकको कडा स्वास्थ्य परिक्षण गरी आवश्यकता अनुसार निगरानीमा राख्न पनि आदेश दिएको छ।
यसका अतिरिक्त अदालतले रिट निवेदकको माग अनुसार आदेश जारी गर्न पर्ने वा नपर्ने विषयमा पनि १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन सरकारको नाममा आदेश दिएको छ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय