हिमाल दैनिक
वुहानबाट उदार गरिएका नेपालीहरु १६ दिनपछि घर फर्किए
kharibot quarantine
कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट उद्धार गरि ल्याइएका १ सय ७५ जना नेपाली विद्यार्थी सोमबार १६ दिनपछि घर फर्किएका छन् । खरिपाटी बिद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपालीहरु आज क्वारेन्टाइनमुक्त भएका हुन् । क्वारेन्टाइनमा रहेका बिद्यार्थीहरुको नाक र घाँटीको स्वाब परीक्षणको रिपोर्टमा कोरोना संक्रमण नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको हो । गत फागुन ४ गते बिहान नेपाल आइपुगेका उनीहरुलाई खरिपाटी पु¥याई सोही दिन नाक र घाँटीको स्वाब नमूना संकलन गरि राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो भने दोश्रो पटक क्वारेन्टाइनमा बसेको १४औ दिनमा स्वाब नमूना संकलन गरिएको थियो । स्वास्थ्य तथा जनसंख्याराज्य मन्त्री नवराज राउत सहितको सरकारी टोली क्वारेन्टाइन पुगेर उनीहरुको विदाई गरिएको हो । सुरुमा अब के होला भन्ने त्रास रहेपनि फागुन ४ गते क्वारेन्टाइन छिरेपछि सरकारले गरेको व्यवस्था देख्दा निकै खुसी लागेको क्वारेन्टाइनका विद्यार्थीले बताएका छन् । क्वारेन्टाइनका बिद्यार्थीहरुको स्वास्थ्य रेखदेखमा सक्रिय रहँदै आएका नेपाली सेनाका क्याप्टेन डाक्टर नविन फँुयालले क्वारेन्टाइनमा रहेका सबै स्वथ्य रहेको रिपोर्ट सार्वजनिक गरेका थिए । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खटिएकी डाक्टर रुना झाले मन्त्रालयको तर्फबाट छिटो र जिम्मेवारीपूर्वक रुपमा कार्य गर्न सफल भएको बताईन ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update