हिमाल दैनिक
महानगरिय ट्राफिक प्रहरी महाशाखाले सूर्यविनायक–जडिबुटी सडकखण्डमा यात्रुवाहक तथा मालवाहक सवारीले बायाँ लेनबाट मात्रै गुडाउनुपर्ने नियम लागू गरेको छ । छ लेन सडक खण्डमा सवारी साधनहरुले कसरी लेन पालना गर्ने बिषयमा बुधबार बिशेष कार्यक्रम सम्पन्न भएको छ । छ लेन सडक खण्डमा सवारी चालक र यात्रुहरुको सचेतना बृद्धि गर्दै दुर्घटना न्युनिकरण र सवरीसाधनहरुलाई छुट्याईएको लेन पालना गरिए मात्र दुर्घटना न्युनिकरणमा ठूलो सहयोग पुग्ने उपत्यका ट्राफिकका इन्चार्ज भिम प्रसाद ढकालले जानकारी दिए। उनले यो सडक खण्डमा लेन अनुशासन पालनका लागि यात्रुबाहक तथा मालवाहक र कम गतीमा गुड्ने सवारी साधनहरुले बायाँ लेनको प्रयोग गर्नु पर्ने र निजि तथा साना सवारी साधनले दाहिने लेनको प्रयोग गर्नु पर्ने बताए । यसरी छुट्याईएको लेनको उपयोग मात्र गरे सवारी दुर्घटनामा न्यनिकरण आउनका साथै सभ्य सवारी चालकको परिचय यो सडक खण्डमा देख्न पाईने ढकालले जानकरी दिए । कार्यक्रम पश्चात सुर्यबिनायक सडकमा रिवन काटेर सडक लेनको पालनाका लागि चालकहरुलाई पर्चा दिएर जानकारी दिइएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update