आगलागीपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण शुरू

सोमबार साँझ भएको आगलागीपछि रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण शुरू भएको छ।
आगलागी नियन्त्रण आइसकेपछि पहिले होल्ड भएका विमानलाई अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ। त्यसपछि नियमित उडान शुरू भएको छ।
विमानस्थल बन्द भएका कारण सिंगापुरबाट काठ्माडौ आउँदै गरेको सिल्क एयरको जहाज कोल्कता डाइभर्ट भएको थियो।
विमानस्थलका अनुसार नयाँ दिल्लीबाट आउँदै गरेको नेपाल वायुसेवा निगम, मलेसियाबाट आउँदै गरेको मालिन्दो एअर र चीनको गोन्जाओबाट आउँदै गरेको चाइन सउदर्नको जहाज केही बेर होल्डमा राखिएको थियो।
आज साँझ साढे आठ बजे अध्यागमन र सुरक्षा चेकजाँचपछि यात्रुहरू बस्ने अन्तर्राष्ट्रिय प्रस्थानतर्फको प्रतीक्षा हलसँगैको कफी शपबाट आगलागी शुरू भएको थियो।
सर्ट सर्किट भएर आगो लागेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
‘सर्ट भएर आगो लागेको थियो, अहिले निभाइसकिएको छ,’ उनले भने।
कपी शपको बिजुली शर्ट भएर आगो लागेको भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय