हिमाल दैनिक
दश रुपैयाँको खाना १५ हजारलाई
das rpaiyaa ma khana
गरिब, असाहयलाई लक्षित गर्दै बिर्तामोडका व्यवसायीले दश रुपैयाँमा वितरण गरेको खाना करिब १५ हजारले खाएका छन् । मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा गत पुस १६ गतेदेखि सञ्चालन गरिएको १० रुपैयाँको खाना आजसम्म वितरण गरिएको हो । विर्तामोडका युवा व्यवसायी प्रविण अग्रवाल, मनोज अग्रवाल र पुरुषोत्तम अग्रवालले विपन्न समुदायलाई लक्षित गर्दै वितरण गरिएको खाना दैनिक ५०० जनाले खाने गरेको प्रविणले बताए । दैनिक १५ हजार रुपैयाँ खर्च गर्दै एक महिनासम्म चिसोको समयमा खाना प्रदान गरिएको अग्रवालको भनाइ छ । मानवताको सेवा नै जीवनको सर्वाेत्तमकार्य भएको उल्लेख गर्दै उहाँले यो कार्य आगामी वर्षमा पनि निरन्तरता प्रदान गरिने बताए। सेवा भावले १० रुपैयाँमा खाना वितरण गर्न थालिएपछि सबैभन्दा बढी दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुले खाना खाएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update