सुर्खेतमा कर्फ्यु हट्यो, जनजीवन सामान्य बन्दै
सुर्खेतको वीरेन्द्रनगरमा लगाएको कर्फ्यु हटेपछि जनजीवन सामान्य बन्न थालेको छ ।
टिप्परको ठक्करबाट युवाको मृत्यु भएपछि उग्र प्रदर्शनले तोडफोड गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार साँझ ६ः३० बजेदेखी बुधबार विहान ६ बजेसम्म कर्फ्यु लगाएको थियो बुधबार बिहान कर्फ्यु हटेसंगै जनजीवन सामान्य बन्न थालेको हो ।
सुरक्षालाई मध्यनगर गर्दै मंगलगढी, यरिचौक र वीरेन्द्रचोकमा सुरक्षाकर्मी बाक्लो संख्यामा खटाइएको छ । टिपरको ठक्करबाट वीरेन्द्रनगरको मुलपानी चोक नजिक कालिकोटको महावै गाउँपालिका–३ सिम्खेतका २० वर्षिय केशर सिंहको घटनास्थलमै ज्यान गएको हो ।
भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई भे १ ख २२४२ नम्बरको टिपरले किचेको हो । घटनापछि वीरेन्द्रनगर तनावपूर्ण बनेको थियो ।
चालकको लापरबाहीले घटाना भएको भन्दै स्थानीयले कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन् । प्रहरीले सडकबाट लास उठाएपछि अवस्था थप तनावपूर्ण बनेको हो । सोहीक्रममा दोहोरा झडप भएको थियो ।
प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय