हिमाल दैनिक
निम्तो बाँडिन्, बिहे हुन पाएन
84047541_174596417084351_4245516202195025920_n
पाँच दिनपछि उनको विवाह हुँदै थियो । घरमा सामान जुटाउने र निम्तो बाँड्ने चटारो थियो । आफ्नो बिहेको निम्तो साथीहरूलाई दिन रमिता भट्ट कञ्चनपुर महेन्द्रनगरको जनज्योति टोल गएकी थिइन् । रमिताले साथीहरूलाई निम्तो त बाँडिन्, तर बिहे हुन पाएन । निम्तो बाँडेर महेन्द्रनगर बजारतर्फ फर्किरहेकी उनको बिहीबार साँझ टिपरको ठक्करबाट मृत्यु भयो । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखिएको छ। बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला घर भएकी रमिता महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन् । उनी डेढ वर्षअघि गुरुखोलाकै प्रकाशबहादुर टेरसँग ‘भागेर’ आएकी थिइन् । टेरसँगै बसिरहेकी उनलाई अन्तरजातीय बाहुन–क्षत्री सम्बन्ध भएकाले माइती पक्षले स्वीकार गरेको थिएन । अहिले माइती पक्ष राजी भएपछि रमिता र प्रकाशको औपचारिक विवाह हुन लागेको थियो । ‘माघ १३ मा विवाहको तयारी थियो, हामीहरू सरसामान जुटाउनेदेखि निम्तो बाँड्ने काममा जुटेका थियौं,’ रमिताका ससुरा हरिसिंह टेरले फोनमा भने, ‘खबर सुनेपछि सबै भताभुंग भयो, कामधाम सबै छाडेर हामी महेन्द्रनगर आउँदै छौं ।’ उनी छोरा प्रकाश र परिवारका अन्य सदस्यसहित महेन्द्रनगर आइरहेका छन् । उनीहरू एक साताअघिसम्म महेन्द्रनगरमै थिए । बिहेकै तयारीका लागि बैतडी गएका हुन् । https://www.facebook.com/permalink.php?story_fbid=174598943750765&id=100036019818340 रमिता दिउँसो २ बजेतिर साथीहरूलाई कार्ड दिन्छु भन्दै डेराबाट निस्केकी थिइन् । नन्द पार्वती टेर र आमाजू देवकी भट्टले बजार नजान भनेका थिए । आधा घण्टामै महेन्द्रनगरकै मदन चोकमा भेट्ने भन्दै कार्ड बोकेर हिँडेकी थिइन् । आधा घण्टापछि पार्वती र देवकीले फोन गर्दा उनको मोबाइल अफ थियो । ‘हामीले प्रहरीलाई पनि यस विषयमा खबर गरेका थियौं,’ पार्वतीले भनिन्, ‘ढिलो गरी दुर्घटनाबारे खबर पायौं, अस्पतालमा पुगेर हेर्दा रमिता नै रहिछन् ।’ रमिता क्याम्पसका साथीहरूलाई बिहेको कार्ड दिन गएकी थिइन् । कार्ड बाँडेर साइकलमा फर्कंदै गर्दा पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भानु चोक नजिकै बिहीबार साँझ समान दिशाबाट आएको से१क ८८७ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update