हिमाल दैनिक
हेटाैंडाकाे एभरेस्ट पानोरमा रिसाेर्टमा बेहाेस भएका ८ भारतीय पर्यटक मृत घाेषित
8 indians death
मकवानपुरको थाहा नगरपालिका–४ मा रहेको एभरेस्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ भारतीय नागरिकको उपचारको क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भएको छ। एभरेस्ट पानोरमा रिसोर्टमा मंगलबार बिहान अचेत अवस्थामा भेटिएपछि हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएपनि उनीहरुलाई अस्पतालले मृत घोषित गरेको हो। ह्याम्स अस्पतालका इमर्जेन्सीको इन्चार्ज डा. कमल थापाका अनुसार भारतीय पर्यटक आठै जनाको मृत अवस्थामा अस्पतालमा ल्याइएको जानकारी दिए। डा. थापाले उनीहरुको मृत्युको कारणबारे निश्चित कारण थाहा नभएको भन्दै प्रहरी प्रशासन र भारतीय दुतावास मार्फत जानकारी दिन आग्रह समेत गरे। घटना एक प्रत्यदर्शीको अनुसार भारतबाट आएका त्यी पर्यटकले सोमबार राती खाना खाएर उनीहरु हिटर लिएर सुत्नलाई कोठामा गएको र विहान बेहोस अवस्थामा भेटिएको जनाइएको छ। कोठा लिएर रिसोर्टमा बसेका भारत केरालाका ३८ वर्षीय प्रविणकृष्ण नारायण, ३५ वर्षीया शारण्‍य शशी, ३४ वर्षीय रञ्जितकुमार एपी र इन्द्र लक्ष्मी, ९ वर्षीया श्री भद्र, सात वर्षीया आर्चा प्रविण, ५ वर्षीय अभिन शौरणय नायर, २ वर्षीय बैष्णव रञ्जित मंगलबार बिहान बेहोस अवस्थामा फेला परेका थिए। दामनमा अत्याधिक चिसो रहेको र कोठा तातो बनाउनका लागि ग्यास हिटर बालेका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको आशंका प्रहरीले गरेको छ। मकवानपुर प्रहरीलेका अनुसार उनीहरु सोमबार राति करिब १० बजे होटलमा पुगेका थिए। उनीहरु १५ जनाको टोली बनाएर भारतको केरलाबाट घुम्नका लागि नेपाल आएका थिए ।
प्रकाशित मिति: शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update