हिमाल दैनिक
 जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। महाशाखाले देशको पूर्वी भू-भागमा सामान्य बदली रहेको र अन्य पहाडी भू-भागमा आंशिक बदली रहेको जनाएको छ । तराईका भू-भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान माघ ६ गते (सोमबार) दिउँसो : पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका मध्य र पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्क देखि मध्यम हिमपातको सम्भावना रहेको छ। रातिः देशका पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पूर्व र मध्यका तराई भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ। माघ ७ गते (मंगलबार) दिउँसो : देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । पश्चिमी र मध्य भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ। रातिः देशको पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ। माघ ८ गते (बुधबार) दिउँसो : पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ । उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ। रातिः पूर्वी नेपालमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श उच्च हिमाली भेगका हल्का हिमपात हुने सम्भावना रहेको साथै तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो समेत रहने भएकोले चिसोबाट बच्नु हुन सर्वसाधारण सबैमा महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update