हिमाल दैनिक
गोविन्द वियोगी पत्रकारिता पुरस्कार लुइँटेललाई
83009227_1116224582062276_5279375307776720896_n
यस बर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार ‘नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेललाई प्रदान गरिएको छ । सम्पादक समाज नेपालले वियोगीको १४ औँ स्मृति दिवसको अवसर पारेर शनिबार नुवाकोटको सुइरे चौरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले २५ हजार राशिको पुरस्कार प्रदान गरे। त्यस्तै, टेलिभिजन पत्रकारितामा विशेष योगदान पुर्‍याएबापत सगरमाथा टेलिभिजनका समाचार सम्पादक प्रकाश गिरीलाई १५ हजारसहित सम्मान गरिएको छ । यस्तै, सम्पादक समाज सम्मानबाट वरिष्ठ पत्रकार तथा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ, वरिष्ठ पत्रकार माधवकुमार रिमाल र जयप्रसाद दाहाल (मरणोपरान्त) उहाको धर्मपत्नी सावित्री दाहाललाई समेत सम्मानित गरिएको छ । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा बरिष्ठ नेता झलनाथ खनालले मुलुकको बिभिन्न आन्दोलनमा गोविन्द वियोगीले खेल्नुभएको भूमिकाको स्मरण गरे। त्यस्तै पत्रकार महासंघका पूवं अध्यक्ष एवं नेपाल टेलिभिजनका अध्यक्ष डाक्टर महेन्द्र बिष्टले स्व. गोविन्द वियोगी प्रतिष्ठानलाई शसक्त बनाउनुपर्ने तथा अन्य पूर्वाधार निर्माणमा पनि राज्यले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा सहभागी अन्य वक्ताहरुले स्व. गोविन्द वियोगीको योगीको योगदानको चर्चा गरेका थिए । स्व. गोविन्द वियोगीको १४ औं पुण्यतिथिका अवसरमा गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा आयोजना पुरस्कार बितरणको कार्यक्रम आयोजना गरिएको हो ।
प्रकाशित मिति: बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update