हिमाल दैनिक
ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु
_accident_bodd_o620VIQE0u
ट्याङ्करको ठक्करबाट गएराति चितवनमा एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना७ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृत्यकको पहिचान खुल्न नसकेको र  शव भरतपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update