हिमाल दैनिक
नवनिर्मित सुर्खेत बसपार्क तोडफोड
todfod
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालन मै नआएको नवनिर्मित बसपार्क तोडफोड भएको छ । गएरातीकरिब साढे १२ बजे तिर बसपार्क तोडफोड भएको प्रहरीले जनाएको छ । तोडफोडमा संलग्न रहेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगर नगरपालिकाका नगर नियमन कर्ता टंक प्रसाद आचार्यले घटनाको जानकारी आए संगै प्रहरीमा जाहेरी दिएको बताएका छन् । उनका अनुसार तोडफोड बाट करिब तिनलाख बराबरको क्षती भएको छ । बसपार्क निमार्ण सम्पन्न भैसेपनि अझै सञ्चालनमा आउन सकेको छैन । बसपार्क पुनः निमार्ण अघि पुरानो बसपार्कमा केहि व्यवसायीहरुले आफ्नो व्यावसाय संचालन गर्दै आएका थिए । केही दिन अघि नगरपालिकाले पूर्व सहमतिको पालना नगरेको भन्दै सोहि स्थानमा व्यावसाय संचालन गरेका ५४ व्यवसायीले उच्च अदालत सुर्खेतमा बोलपत्र प्रक्रिया रद्द गर्न रिट दायर गरेपछि उच्च अदालतले वीरेन्द्रनगर नगरपालिकालाई बस पार्क व्यवस्थापन प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो । यो संगै नवनिर्मित बसपार्क सञ्चालनमा अन्यौलता छाएको छ ।
प्रकाशित मिति: शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update