देशभरी वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपात
पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबारदेखि देशभरकै मौसममा बदलाब आएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरी वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपात भइरहेको जानकारी एिको हो ।
मुलुकको पश्चिम भाग हुँदै मौसमी प्रणाली भित्रिएको हो । दाङदेखि पश्चिमी भागमा भने बिहीबार बेलुकीदेखि नै मौसममा सुधार आउने महाशाखाको अनुमान छ । हिउँदमा पश्चिमी क्षेत्रबाट भित्रिने न्यून चापीय प्रणालीका कारण मौसममा बदलाब आउने गरेको छ । यस्तो प्रणाली हिउँदमा ५ पटकसम्म भित्रिन्छ । अहिले भित्रिएको प्रणाली दोस्रो पटक हो ।
अर्को साता पनि यस्तो प्रणाली भित्रिने र मौसममा बदलाब आउने महाशाखाको अनुमान छ । मनसुन अवधिबाहेकको मौसमी प्रणाली पश्चिम वायुकै कारण भित्रिन्छ । मनसुन अवधिमा भने पूर्वी वायु सक्रिय हुन्छ । उच्च हिमाली भागमा बाक्लो हिमपात भएका कारण जनजीवन प्रभावित बनेको छ । वर्षाले बाली लगाउन सहज हुने भएकाले किसान भने हर्षित छन् ।
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय