पाटनको गावाहलमा शंकास्पद वस्तु भेटीएपछि सर्वसाधारण आतंकित
ललितपुरको पाटनस्थित गावाहलमा शनिबार शंकास्पद वस्तु फेला पर्दा केहिबेर जनजिबन त्रसित भएको छ।
शनिबार बिहानै गाबहालमा शंकास्पद वस्तु फेलापरेपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले शंकास्पद बस्तु भएको बम हुन सक्ने भन्दै नेपाली सेनालाई खवर गरेको थियो। मंगलबजार र पुलचोकबीचमा पर्ने सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीलेसुरक्षित रूपमा हटाएको छ।
मेटासिडको भाँडोमा टेप बेरेर बमजस्तो बनाएर राखिएको वस्तु भएपनि बम भने नभएको ललितपुर प्रहरीले जनाएको छ। समाजमा त्रास फैलाउन कसैले त्यस्तो गरेको देखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शंकास्पद वस्तु भेटिएको क्षेत्रमा केहिबेर सवारी आवागमन प्रभावित भएको थियो।
प्रकाशित मिति: बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय