हिमाल दैनिक
२२ चक्कर लगाउँदा पनि काठमाडौंमा अवतरण गर्न नसकेपछि कोलकाता पुग्यो कतार एयर
Qatar air reached Kolkata
उपत्यकामा भएको मौसमको बदलाबले त्रिभुवन विमानस्थलको उडान र अवतरण प्रभावित हुँदा कतार एयरको यात्रुबहाक विमान नेपालको आकाशमा २२ चक्कर लगाउँदा पनि अवतरण गर्न नसकेपछि अहिले भारतको कोलकाता पुगेको छ। बिहान करिब सवा १० बजे अवतरणको समय रहेको दोहाबाट काठमाडौंका लागि आएको कतार एयरको विमान नेपाली आकाशमा २२ चक्कर लगाउँदा पनि अवतरण गर्न नसकेपछि अहिले भारतको कोलकाता पुगेको हो। उक्त विमानसँगै आधा दर्जन विमानले आकाशमा फन्को मार्दा माकुरी जालो जस्तै आकाशमा बन्न पुगेको थियो। त्यसैगरी दिल्लीबाट आएको नेपाल एयरलाइन्स, मस्कटबाट आएको सलाम एयर पनि नेपाली आकाशमै चक्कर लगाउँदै अवतरणको उपयुक्त वातावरणको पर्खाइमा रहेका थिए। नेपाल एयरको विमान नेपाली आकाशमै चक्कर लगाइरहँदा सलाम एयर भने लामो समयसम्म चक्कर लगाएर अन्तमा जनकपुरनाकाबाट भारतको पटनातर्फ सोझिएको छ।
प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update