हिमाल दैनिक
त्रिभुवन विमानस्थलको उडान/अवतरण प्रभावित, आकाशमा माकुरी जालो बनाउँदै घुमिरहेकाछन् आधादर्जन विमान
Qtar AIr
राजधानीसँगै देशभरी मौसममा आएको परिवर्तनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण पनि शुक्रबार बिहानदेखि प्रभावित भएको छ। बिहान करिब १० बजेसम्म उडान र अवतरण भइरहेको विमानस्थलमा एकाएक मौसममा आएको खराबीकाकारण उडान भन्दा पनि बढि अवतरणको समस्या परेपछि अन्तर्राष्ट्रिय विमान नेपाली आकाशमै चक्कर लगाउन बाध्य भएका छन्। बिहान करिब सवा १० बजे अवतरणको समय रहेको दोहाबाट काठमाडौंका लागि आएको कतार एयरको विमान नेपाली आकाशमा अपरान्ह १ः१५ बजेसम्म चक्कर लगाउँदा नेपाली आकाशमा माकुरी जालो जस्तै बन्न पुगेको छ। उता ल्हासाबाट काठमाडौंका सिच्युआन एयरको जहाज अकाशमा चक्कर लगाउँदा लगाउँदै अवतरण गर्न नसक्ने देखेपछि आएकै बाटोतर्फ फर्किएको छ। उक्त विमान अहिले ल्हासातर्फै फर्किरहेकाे छ भने कतार एयरकाे विमान सबैभन्दा लामाे समयसम्म चक्कर लगाउँदै अहिले पूर्वतर्फबाट नजिककाे विमानस्थलमा अवतरण गराउने गरी फर्किएकाे छ। त्यसैगरी दिल्लीबाट आएको नेपाल एयरलाइन्स, मस्कटबाट आएको सलाम एयर पनि नेपाली आकाशमै चक्कर लगाउँदै अवतरणको उपयुक्त वातावरणको पर्खाइमा रहेका छन्।
प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update