हिमाल दैनिक
बालकले ग्यास बाल्दा...
aaglag
काठमाडौँको कोटेश्वरमा एक घरमा आगलागी भएको छ । कोटेश्वरको झोलुङ्गे पुल नजिकै रहेको घरमा बिहीबार दिउँसो आगलागी भएको हो । तीन तलाको घरको माथिल्लो तलामा आगलागी भएको हो । आगो लागेपछि काठमाडौंको दमकलले निभाएको थियो । आगलागीपछि उक्त घरमा एक बालकको उद्धार भएको बानेश्वर प्रहरीका प्रमुख डिएसपी दुर्जाराज रेग्मीले बताए । उनले मनकामना इंग्लिस स्कुलको केहि भाग समेत रहेको सो भवनमा बालकमात्र रहेको रहेको र बालकले ग्यास बाल्दा आगो लागेको हुनसक्ने अनुमान गरिएको जानकारी दिए । आगलागीबाट भएको क्षतीको पूर्ण विवरण आउँन बाँकी छ ।
प्रकाशित मिति: सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update