इस्वी सन्को नयाँ वर्ष २०२० मनाइँदै

गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२० शुरु भएको छ ।
जिसस क्राइस्टलाई फाँसी दिएपछि उनि जन्मिएको वर्षलाई आधार मान्दै इस्वी सन्को शुरुआत भएको मानिन्छ । जसलाई पोप गेगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै इस्वी सन्लाई स्थापित गरेका थिए । पोप ग्रेगोरीले प्रचलनमा ल्याएको पात्रो भएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रशियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउछन् ।
विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । कहिलेकाहीँ इस्वी संवत् नै प्रचलनमा ल्याउने चर्चा पनि हुने गरेको छ ।
केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीड भाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।
ग्रेगोरियन पात्रोमा सौरमासको गणना हुने तर चान्द्रमासको गणना नहुने भएकाले ज्योतिष शास्त्रानुसार यो वैज्ञानिक नभएको यसको अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्त बताउछन्।
“इस्वी सन्मा चन्द्रमासको गणना नहुने भएकाले समयक्रममा दिन फरक पर्दा शासक वा पादरीले भिटो लगाएर यसको निर्णय गर्छन्, यसैले यो पटकपटक विवादमा आएको संवत् हो”, उनले भने ।
विज्ञानमा विश्वास गर्ने भनिएका पश्चिमा देशले एक व्यक्तिले भिटो प्रयोग गरेर प्रचलनमा ल्याएको पात्रोलाई मान्यता दिनु धार्मिक अन्धविश्वासको निरन्तरता भएको डा पन्तको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय