हिमाल दैनिक
फर्निचर उद्योगमा आगलागी
fire
दोलखाको शैलुङ गाउँपालिका वडा नं ३ लाम्चेआहालमा जीवन श्रेष्ठले सञ्चालन गरेको फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । गए राति भएको आगलागीमा उद्योगमा रहेको ठूलो चिरान उपकरण, जेनेरेटर, ८०० क्युफिट सल्ला तथा उत्तिसको तयारी गोलिया काठ र अन्य विद्युतीय सामान जलेर नष्ट भएको प्रहरी निरीक्षक सुञ्जीत तामाङले जानकारी दिए । प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको थियो । राति उद्योगमा विद्युत् प्रवाह भई आगलागी भएको हुन सक्ने वताइएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update