हिमाल दैनिक
भीमदत्त र केआइसिंह राजमार्ग अवरुद्ध
dadeldhura accident
डडेल्धुरामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएपछि आफन्तले सुदूरपश्चिम प्रदेशका मुख्य दुई राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका आफन्तले बुधबार भीमदत्त र केआइसिंह राजमार्ग अवरुद्ध पारेका हुन् । मंगलबार भिमदत्त राजमार्गको डडेल्धुरा अमरगढी नगरपालीका १ लिसा कम्पनी नजिकै बस र मोटरसाइकल ठोक्किँदा अमरगढी नगरपालिका–११ सल्लाघारीका २० वर्षीय भरत बोहराको मृत्यु भएको थियो भने मोटर साईकल चालक १९ वर्षीय मेहन्द्र ठगुन्ना घाईते भएका थिए । घाईते ठगुन्नालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । भीमदत्त राजमार्ग अन्र्तगत स्याउले बजार के आई सिह राजमार्गको सल्लाघारीमा आफन्तहरूले टालय बालेर सडक अवरुद्ध पारेका हुन् । घटना भएको २४ घण्टा वित्नै लाग्दा सम्म पनि सम्वन्धीत वस प्रालिका कुनै पनि प्रतिनिधि सम्पर्कमा नआए पछि वाध्य भएर सडक अवरुद्ध पारेको मृततका आफन्तले जनाएका छन् ।
प्रकाशित मिति: आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update