पूर्वपश्चिम राजमार्ग अन्तर्गत भाषी सडक खण्ड अवरुद्ध

कञ्चनपुरको भीमदत्तनगरस्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत भाषी सडक खण्ड अवरुद्ध भएको छ । सवारी दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्र्ति र सवारी चालकलाई कारवाहीको गर्नुपर्ने माग राख्दै सो सडकखण्ड आज अवरुद्ध गरिएको हो ।
भीमदत्तनगरपालिकाको सुकासालमा गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नम्बरको जीपले विपरीत दिशाबाट आइरहेको म २ प ९४९५ नम्बरको मोटरसाइकललाई मङ्गलबार ठक्कर दिँदा मोटरसाइकल चालक भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको थियो ।
मृतकका परिवार र स्थानीयवासीले सो सडकखण्डमा टायर बालेर राजमार्ग अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । उनले मृतकको शव महाकाली अस्पतालमा परीक्षण र राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिए।
प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय