अस्ताए १८ सालमा निधिसँगै जेल परेका अर्का सत्याग्रही ‘बलराम नायक पनि’

प्रजातन्त्रका सेनानी तथा नेपाली कांग्रेस धनुषाका पूर्व उपसभापति बलराम नायकको सोमबार बिहान निधन भएको छ।
धनुषा जिल्ला सवैला नगरपालिका वडा नम्बर २ निवासी नायकको ८७ वर्षको उमेरमा आज बिहान आफ्नै निवास सवैलामा निधन भएको हो।
कांग्रेसले सुरु गरेको २००७ सालको राणा शासन विरोधी अभियानमा विद्यार्थीकालदेखि नै सक्रिय भएर लागेका तत्कालिन कांग्रेस महामन्त्री महेन्द्रनारायण निधिका छिमेकी र सहयात्री नायक त्यतिबेलाको धनुषा-महोत्तरी जिल्ला सभापति चिन्ताहरण सिंहको कार्यसमितिमा सचिव समेत बनेर पार्टीमा क्रियाशील भएका थिए।
जमिन्दार परिवारमा जन्मिएर पनि प्रजातन्त्र, नागरिकको मौलिक स्वतन्त्रता र समानताको पक्षपाती नायक नेता निधिले अपनाएको कठिनपूर्ण राजनीतिक यात्रामा सहभागी भएका थिए।
विशेष गरी २०१७ साल पुस १ गतेको राजा महेन्द्रको निरंकुश कदमको विरुद्ध १८ सालमा कांग्रेसको पटना सम्मेलनमा निधिले अघि सारेको सत्याग्रह र अहिंसात्मक जनविद्रोहमा साथ दिएर निधिसँगै नेपाल फर्किएका थिए। जसले १८ साल कार्तिक २६ गते जनकपुरमा आएर निधिले लगाएको इन्क्लावको नारामा पार्टीको झण्डा लिएर जिन्दावाद भन्दै निधिसँगै पक्राउ परेका थिए।
तत्कालिन पार्टी नेताहरु बी.पी. कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, बोधप्रसाद उपाध्यायदेखि गिरिजाप्रसाद कोइरालासम्मका नेताहरुसँगको संगतमा पुगेका नेता नायक धनुषाका चर्चित नेता सरोज कोइरालासँग पनि उत्तिकै नजिकको सम्बन्धमा थिए।
मूल्य, मान्यता र आदर्शको राजनीतिमा अब्बल नेता निधि
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय