तराई द्रुत मार्ग(फास्ट ट्रयाक) ट्रयाक खोल्ने काम असारसम्म सकिने

नेपाली सेनाले निर्माण गरिररहेको काठमाडौं तराई द्रुत मार्ग–फास्ट ट्रयाकको ट्रयाक खोल्ने काम असारसम्म सकिने भएको छ। ट्रयाक खोल्न पर्ने ५५.५ मध्ये ३१ किलोमिटर सडकको ट्रयाक खोल्ने काम मंसिर तेस्रो सातासम्म सकिएको छ।
बाँकी सडकको ट्रयाक खोल्ने काम पनि ८० प्रतिशत सकिएको द्रुत मार्ग आयोजना कार्यान्वयन तथा अपरेशन महाशाखा प्रमुख विश्वबन्धु पहाडीले बताए। फास्ट ट्रयाकमा १०.५६ किमी पुल र ६.४ किमी सुरूङ हुनेछ। सडकको ट्रयाकलाई पहाडी भागमा २५ मिटर र समथर भागमा २७ मिटर चौडा बनाइने पहाडीले बताए।
https://www.facebook.com/himaldainik/videos/493137984656162/?t=8
जसमध्ये साना–ठूला ८७ वटा पुल हुनेछन् भने तीन ठाउँमा सुरूङ खनिनेछ । पुल निर्माणको काम २०७७ र सुरूङ निर्माणको काम २०७८ बाट सुरु गर्ने तालिका सेनाले सार्वजनिक गरिसकेको छ । असारसम्म ट्रयाक खोल्ने काम सक्नका लागि रातको समयमा पनि काम भइरहेको पहाडीले बताए।
डोजर र एक्साभेटरले रातारात समेत काम गरिरहेको नेपाली सेनाको महादेवटार बेसक्यम्पका प्रमुख एवम् प्रविधिक सेनानी पूर्णचन्द्र ढकालले बताए।
प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय