हिमाल दैनिक
पिकनिक मनाउन हिडेको बस दुर्घटनामा, २२ घाइते
madan bhandari college bus accident1
सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा आज कलेजका विद्यार्थी बोकेर पिकनिकमा जाँदै गरेको ऋद्धिसिद्धी यातायातको बा५ख ४२८६ नम्बरको बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् ।
तस्वीर: सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा शुक्रबार काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट
वनभोज मनाउन गएको वा ५ ख ४२८६ नम्बरको बस दुर्घटना भएपछि ।
काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट घ्याम्पेडाँडामा पिकनिक मनाउन जाने क्रममा साँघुरो सडकबाट बस बाटोबाट खसेर दुर्घटना हुँदा दुई विद्यार्थी गम्भीर घाइते भएका छन् भने अन्य २० घाइते खतरामुक्त रहेका महानगरीय प्रहरीबृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। पिकनिकका लागि ११ गाडीमा कलेजका विद्यार्थी र शिक्षक गएका उक्त बस पाइलट बाबा आश्रम नजिकै सडकबाट खसेर रुखमा अड्केपछि ठूलो दुर्घटनाबाट बचेको उनले बताए । दुर्घटनाका घाइतेमध्ये दुईको भक्तपुर अस्पतालमा र अरुको सल्लाघारीस्थित डा इवामुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा शुक्रबार काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट वgभोज मनाउन
गएको वा ५ ख ४२८६ नम्बरको बस दुर्घटना भएपछि घाइतेलाई अस्पताल लैजाँदै एम्बुलेन्स । तस्वीर
प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update