हिमाल दैनिक
हात्तीबाट धान र तरकारी क्षति
hathi-atanka
धान भित्र्याउने बेलामा सप्तरीको विभिन्न गाउँमा हात्तीले धान खान थालेपछि गाउँले हैरान भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट हात्तीको समूहले गएराति सप्तरीको शम्भुनाथ नगरपालिका–८ बैरयाहीस्थित सकुर मियाँको घरको झ्याल भत्काई सात मन धान खाएको मियाँले बताए। धान खान आउने हात्तीले कुल्चिएर लगाएको बालीसमेत नोक्सान गर्ने गरेको स्थानीयवासीले बताएका छन् । हात्तीको समूहले कुल्चिएर अगमलाल चौधरीको दुई कठ्ठा खेतमा लगाएको आलु र इनुस मियाँले दुई कठ्ठा खेतमा लगाएको कोबी नोक्सान गरी दिएको स्थानीय सरस्वती चौधरीले बताईन ।
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update