हिमाल दैनिक
कास्कीमा विद्या भट्टराईको अग्रता, भक्तपुरमा कांग्रेसका भडेल जित नजिक
election-symbols-1 (1)
शनिबार सम्पन्न उपनिर्वाचनको जारी मतगणनामा प्रतिनिधि सभाका लागि कास्की २ मा भएको निर्वाचनमा नेकपाकी विद्या भट्टराईले अग्रता लिएकी छिन्। भक्तपुरको प्रदेश सभा तर्फ भने कांग्रेसका कृष्णलाल भडेलको अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार कास्कीमा भट्टराई ३ हजार २ सय ७६ मतका साथ अग्रता लिएकी छिन् भने उनलाई कांग्रेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत ल्याएर पछ्याइरहेका छन्। निर्वाचन कार्यालय स्रोतका अनुसार, कास्की पोखरा महानगरपालिका वडा नम्बर ३३ भरतपोखरीको ५ हजार ६ सय ४२ मत गणना भएको हो। यो वडा पूर्वमन्त्री एवं विद्याका श्रीमान रविन्द्र अधिकारीको जन्म थलो हो। जहाँ उलने ११ सय ६१ मतले अग्रता लिएकी छिन्। भक्तपुरमा प्रदेश सभा तर्फ कांग्रेसका भडेलले ८ हजार १ सय १ मतका साथ विजयउन्मुख भएका छन्। नेकपाका उम्मेदवारले ५ हजार ६ सय ३१ मतका साथ पछ्याइरहेका छन्। धरान उपमहानगरपालिकाको प्रमुख पदमा भने नेकपाका उम्मेदवार १७ मतले अगाडि रहेका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update