हिमाल दैनिक
बझाङ (क)बाट एमालेका दमन भण्डारी निर्वाचित, झिनो मतअन्तरले पराजित भए कांग्रेसका सिंह

बझाङ (प्रदेशसभा (क) बाट प्रदेश सभा सदस्यमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन्।

शनिबार सम्पन्न निर्वाचनको जारी मतगणनको अन्तिम मतपरिणाम अनुसार, भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गर्दै सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार, सोमबार अपरान्ह सम्पन्न मतगणनाको अन्तिम परिणाममा कुल सदर मत २९ हजार ७ सय ५ मध्ये भण्डारीले ११ हजार १३ मतसहित निर्वाचित भएका हुन्।

Bajhang ka1714380021.JPG

उनका निकतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गर्दै २६७ मतको झिनो मतअन्तरले पराजित हुन् पुगे।

उक्त प्रदेश सभामा यसअघिको निर्वाचनमा सिंहका बुबा निर्वाचित भएर प्रदेशको मन्त्री रहेकै बेला केही महिना अघि सडक दुर्घटनामा परी निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन भएको हो।

यसैगरी माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ मतका साथ तेस्रो स्थानमा रहन पुगे भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह २५ सय १४ मतका साथ चौथो स्थानमा रहे।

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update