संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तका साथै अन्य दुई आयुक्तको पदपूर्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको परिषद् बैठकले आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको छ भने आयोगका रिक्त आयुक्त पदमा गुरुप्रसाद वाग्ले र राजिव सुव्वालाई सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रस्तावित व्यक्ति उपर छलफल नै नगरी सिधै सिफारिस गरिएको भन्दै आपत्ति जनाएका बताए।
उनले आगामी दिनमा प्रस्तावित व्यक्तिहरु उपर प्रयाप्त छलफलपछि मात्रै सिफरिसको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।
साथै आङ्देम्बेले बिपक्षी दलसंग सम्वादहिनताको अवस्था अन्त्य गर्दै छलफललाई निरन्रता दिन पनि प्रधानमन्त्रीलाई सुझाव दिएको बताइएको छ।



